दफा
परिषद्को स्थापना
(१) लिखतको प्रमाणीकरण तथा कागजातको अनुवाद सम्बन्धी काम सरल र सुलभ तरिकाले गराउने व्यवस्थाको लागि नेपाल नोटरी पब्लिक परिषद् नामको एक परिषद् स्थापना गरिएकोछ ।
(२) परिषद्को कार्यालय काठमाण्डौ उपत्यकामा रहनेछ ।